काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा कोरोना संक्रमित भएका छन् ।
शुक्रबार आएको पीसीआर रिपोर्टमा उनलाई संक्रमण पुष्टि भएको बताइएको छ । संक्रमण पुष्टि भएपछि थापा हाल होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवश्था भने सामान्य रहेको छ ।
त्यसैगरी उनको सचिवालयका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
उर्जामन्त्री रायमाझी कोरोना संक्रमित
यस अघि उर्जामन्त्री टोप बहादुर रायमाझी पनि संक्रमित भएका थिए । उनी हाल अस्पतालमा भर्ना भई उपचार गराई रहेका छन् ।