एमाले अध्यक्ष ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

एमाले अध्यक्ष ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

गएको फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरी नेकपा एमाले ब्यूतिँएपछि पार्टीमा भएका निर्णयहरुको जानकारी गराउँदै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै त्यसको कार्यान्वयनका लागि आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

जारी निर्देशनमा अध्यक्ष ओली आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठन, पार्टीमा भएका अनुशासनका कारबाहीलगायत समावेश गरेका छन्।

Leave a Reply