पोखरा । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दे संसदीय दलकी सचेतक पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् ।
दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको एमालेको आरोप छ ।