काठमाडौं । नेपाली बजारमा बुधबार सुन सात सय रुपैँयाले सस्तिएको छ ।
मंगलबार ९१ हजार २ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य बुधबार ९० हजार ५ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा पनि १० रुपैँयाले सस्ताे भएको छ । मंगलबार एक हजार ३ सय १५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार ३ सय ५ रुपैँया निर्धारण गरिएको छ ।