काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्व तथा तराईको क्षेत्र र पहाडी इलाकामा आंशिक बदली रही अरु स्थानको मौसम सामान्यतया सफा रहने छ ।
हाल देशको पूर्वी भुभागमा न्यून चापिय रेखाको प्रभाव रहेको छ ।
अहिले देशका प्रदेश नं १ तथा प्रदेश नं २ का केही भुभाग लगायत देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र त्यसबाट सृजना हुन सक्ने संभावित असरहरुबाट बच्नका लागि साथै पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




