महामारीसँग जुध्न एकताबद्ध हुन मिडिया एलाइन्सको आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

महामारीसँग जुध्न एकताबद्ध हुन मिडिया एलाइन्सको आह्वान

काठमाडौं । नेपाली सञ्चारगृहहरुको छाता संगठन मिडिया एलाइन्स नेपालले आफूसँग आबद्ध सबै सदस्यहरुलाई जारी महामारीसँग जुध्न र समस्या समाधानका लागि एकताबद्ध भएर लाग्न आग्रह गरेको छ ।

अध्यक्ष भाष्कर राज राकर्णिकारले एलायन्सका तर्फबाट विज्ञप्ती जारी गर्दै कोरोनाको वर्तमान अवस्था भयावह बन्दै गएको उल्लेख गर्दै जन चेतना जगाउने काममा लाग्न सदस्य संस्थाहरुलाई आग्रह गरेका छन् । अहिलेको अवस्था असामान्य र अनियन्त्रित हुँदै गएकाले महामारीको चेन ब्रेक गर्न आवश्यक भएको बिज्ञप्तीमा उल्लेख छ ।

एलायन्सले सार्वजनिक स्थानमा भीडभाड नगर्न र अत्यावश्यक बाहेकका अवस्थामा घरबाट बाहिर ननिस्कन पनि सर्वसाधारणलाई आग्रह गर्दै चेन ब्रेकका लागि आवश्यक व्यवस्थापन गर्न सरकार र सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

कोरोना पीडितको उपचारका लागि स्वास्थ उपकरण, अक्सिजा, औषधी र अस्पतालमा शैयाहरुको आबश्यक व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायहरुलाई एलायन्सले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);