२४ घण्टामा ३१ सय २२ जनामा कोरोना संक्रमण, २८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२४ घण्टामा ३१ सय २२ जनामा कोरोना संक्रमण, २८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२२ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका १० हजार ७८ पीसीआर परीक्षणमध्ये ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ लाख ११९ पुगेको छ ।

२४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या २८ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार १ सय ६४ रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);