काठमाडौं । औषधि व्यवस्था विभागका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
औषधि व्यवस्था विभागका दुई फार्मेसी निरीक्षक र एक व्यवस्थापकमा संक्रमण पुष्टि भएपछि विभागको नियमित कामहरु पनि प्रभावित भएका छन् ।
विभागमा नवीकरणबाहेकका कामहरु तत्कालका लागि बन्द गरिएको विभागले जनाएको छ ।
उनीहरुमा संक्रमण पुष्टि पश्चात विभागका महानिर्देशक भरत भट्टराईसहित ८ भन्दा बढी कर्मचारीहरु कन्ट्याक्ट टे«सिङमा परी होम आइसोलेसनमा बसेका छन् ।