काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई कारबाही गर्दै सांसद पदबाट हटाएको छ । शुक्रबार माओवादी केन्द्रले अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना संसद सचिवालयमा दर्ता गराएको छ ।
खड्काले दल त्याग गरेर अन्य दलमा प्रवेश गरेकाले उनलाई दल त्याग सम्बन्ध कारबाही गर्ने भनी दलले दिएको अख्तियारी बमोजिम पाटीका अध्यक्ष पुष्पकमल दाहालबाट आज निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई पनि दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गरेको थियो । सांसद पदसँगै मन्त्री पद पनि गुमेका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन मन्त्रीमा नियुक्त गरेका थिए ।