कोरोना बढेपछि प्रमुख जिल्ला अधिकारीको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

कोरोना बढेपछि प्रमुख जिल्ला अधिकारीको अनुगमन

सुवास आचार्य
बागलुङ ।
बागलुङ नगरपालिका भित्र कोरोनाको संक्रमण भित्र भित्र भुसको आगो जस्तै सल्किदै गएपछि कोरोना जोखिम कम गर्न प्रमुख जिल्ला अधिकारी सहितको टोलीले धौलागिरी अस्पताल बागलुङको अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगर लगायत सुरक्षा निकायका प्रमुख बागलुङ नगरपालिकाका स्वास्थ शाखाका प्रतिनिधि राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार सहितको टोलीले धौलागिरी अस्पताल बागलुङमा स्थापना हँुदै गरेको पीसीआर ल्याव कहिले कसरी संचालन हुदैछ भन्ने बारे जानकारी लिएका थिए ।

बागलुङ जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको भन्दै अस्पतालमा कोभिडका बिरामी के कति भर्ना गर्ने क्षमता छ भन्ने जानकारी समेत लिएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए ।अनुगमन टोलीले कोभिडका बिरामी राख्नका लागि आइसोलेसन वार्ड बनाउन बागलुङ नगरपालिकाको पुरानो भवनमा राख्ने व्वस्थापन गर्न समेत निर्देशन दिएको छ ।

बागलुङ बजारमा मास्क नलगाईकन हिड्ने सर्व साधारण लाई बागलुङको लोकतान्त्रिक चोकमा बसेर मास्क वितरण गर्दै अब देखि अनिवार्य रूपमा मास्क लगाएर मात्र हिड्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश गौतमले बताए । जिल्लामा पार्टी प्यालेस ,जिम हल ,सिनेमा हल, मन्दिर ,चर्च ,कभर्डहलमा खेलिने खेल सबै बैशाख मसान्तसम्म लाई बन्द गरिएको हुँदा संचालन नगर्न समेत गौतमले जानकारी गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);