एजेन्सी । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरको एक अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।
रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसीयु कक्षमा बिद्युत शर्ट भई आगलागी हुँदा ४ जना कोरोना संक्रमितसहित ५ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार ५० जना कोरोना संक्रमित समेत गरी १ सय ४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबिच भागदौड मच्चिएको थियो ।
घटनामा केही बिरामी घाइते भएका छन् । आगलागीपछि बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।
एक बिरामीको आगलागीमा जलेर मृत्यु भएको थियो भने अर्का बिरामीको आगलागीका कारण असक्सिजन सप्लाई बन्द भएर मृत्यु भएको जनाइएको छ ।