चेन्नइसँग पन्जाब किङ्स ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

चेन्नइसँग पन्जाब किङ्स ६ विकेटले पराजित

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले पहिलो जित निकालेको छ ।

मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो । वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा मोइन अलिले ४६ र फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए । पन्जाबका मोहमद शामीले २ विकेटतथा आश्रदिप सिंह र मुरुगान आश्विनले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ र जे रिचार्डसनले १५ रन जोडे । चेन्नईका दिपक चाहरले ४ विकेट लिए । आज मुम्बई इण्डीयन्स र सन राइजर्स हैदराबादबीच खेल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);