काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा कोरोना संक्रमण, संसदको हिउँदे अधिवेशन, देशको पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने थापाले जानकारी दिए । कोरोना संक्रमण फेरि फैलिन थालेपछि प्रधानमन्त्री ओलीले कोरोनासहितका विषयमा दलहरुका सुझाव लिन लागेका हुन् ।
यसअघि आज मात्रै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए । यसबारे दाहालले सार्वजनिक रुपमै जानकारी गराएका थिए ।
सर्वदलीय बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेता सहभागी हुनेछन् ।
आइ.एन.ए