ओलीको कुर्सीमा बसिरहने तृष्णाका कारण मुलुक जटिल समस्यामा : नेता भुसाल | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

ओलीको कुर्सीमा बसिरहने तृष्णाका कारण मुलुक जटिल समस्यामा : नेता भुसाल

बिमल क्षेत्री

बुटवल । नेकपा एमालेका उपमहासचिव एंव पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीमा बसिरहने तृष्णाका कारण मुलुकमा जटिल समस्या सृजना भएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले यस्तो बताएका हुन् ।

रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित खनाल नेपाल पक्षका प्रभावशाली मानिएका नेता घनश्याम भुसालले एमाले विभाजनको अवस्थामा आइपुग्नुमा प्रधानमन्त्री केपी ओली नै जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले ओलीका कारण उत्पन्न राजनीतिक समस्या समाधानका लागि आफूहरु अन्तरसंघर्षमा होमिएको बताए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक भनेर विभिन्न निर्णय गरेकै दिनबाट पार्टी विभाजनको रेखा कोरिएको भुसालको तर्क छ । प्रधानमन्त्री एंव एमाले अध्यक्ष ओलीले विभाजन गरेको नेकपालाई अदालतले अनुमोदन मात्रै गरिदिएको समेत भुसालले बताए ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहेका नेता भुसालले आफू सुरुदेखि नै पार्टी एकताकै पक्षमा रहेको बताए । अहिले पनि प्रधानमन्त्री ओलीले २०७५ जेठ २ गतेको संरचनालाई बिगारेकाले आफूहरुले त्यसलाई ब्यूँताउने काम गरेको उनको भनाई छ ।

एकताको पक्षमा रहेको बताउँदै यदि फुट भएमा त्यसको भागिदार ओली नै हुने नेता भुसालको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);