काठमाडौं । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरु सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा कर्मचारीहरु शान्तिपूर्ण रुपमा लामबद्ध भएर प्ले कार्ड प्रदर्शन गर्दै प्रदर्शन गरेका थिए ।
निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएकोले त्यसको खारेजीको माग गर्दै सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको उनीहरुको भनाई छ ।