ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८१, मंगलबार

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

motercycle durghatana

राजिव शाह
सर्लाही, ३१ चैत ।
सर्लाहीको बागमती नगरपालिका–८, शङ्खरपुर गाजली चोकमा मंगलबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार दिउँसो २ बजेतिर गाजली चोकस्थित मावि विद्यालय अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको मृत्यु भएको हो ।

उत्तरतर्फबाट गइरहेको भारतीय नम्वर प्लेडको बीआर ३० एम ३४५२ नम्वरको मोटरसाइकल र पश्चिमतर्फबाट आइरहेको ज १ त १५७४ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१५, पिप्राभित्ताका ५० वर्षीय भिखारी साह र मोटरसाइकल पछाडि सवार भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, मलङ्गवा पठाइएको ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);