आपसी भांडभैलो अनमेल र द्वन्दको अन्त्य हुनुपर्छ : पूर्व राजा ज्ञानेन्द्र | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

आपसी भांडभैलो अनमेल र द्वन्दको अन्त्य हुनुपर्छ : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं, ३१ चैत । पूर्व राजा ज्ञानेन्द्रले आपासी भाँडभैलो र अनेमल द्धान्द्धको अन्त्य हुनपर्ने बताएका छन् । नयाँं बर्ष २०७८को अवसरमा शुभकामना दिदै यस्तो बताएका हुन् । ‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व निष्पक्ष र इमान्दारी हामी सबैमा हूनू पदछ ।

यसका निम्ति आपसी भांडभैलो अनमेल र द्वन्दको अन्त हूनू पर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनू पर्दछ’ उनले सन्देशमा भनेका छन् । ‘हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा वारी नेपाललाई सबै मिलेर स्याहार सूसार गर्नू र सजाउनू छ ।

यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विना संकोच मिलेर जानू पर्छ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्दै जानू पर्ने आवश्यकता हो ’ सन्देशमा उल्लेख छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);