काठमाडौं, ३१ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी न्युनचापीय रेखाको समेत प्रभाव रहेको छ ।
अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका अधिकाँस स्थानहरुमा तुँवालो रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका केही स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भूभागमा तुँवालोको असर रहने छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
देशको पहाडी भूभागका केही स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशका केही भूभागमा तुँवालोको असर रहने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।