कोरोना संक्रमणको जोखिम देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कोरोना संक्रमणको जोखिम देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

काठमाडाैं,३० चैत । कोरोना संक्रमणको जोखिम देखाएर विद्यालय बन्द नगर्न सरोकारवालाहरुले केन्द्र सरकारलाई सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सरोकारवालाहरुले विद्यालय बन्द नगर्न केन्द्र सरकारलाई सुझाव दिएका हुन् ।

सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताएका हुन्। कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।

छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकारसमक्ष पु¥याउने र मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);