चीनको एक कोइला खानीमा पानी भरिँदा २१ श्रमिक थुनिए | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

चीनको एक कोइला खानीमा पानी भरिँदा २१ श्रमिक थुनिए

एजेन्सी, २९ चैत । चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा २१ श्रमिक थुनिएका छन्। शनिबार कोइला खानीभित्र काम भईरहेको समयमा पानी भरिँदा श्रमिकहरु खानीमा फसेका हुन् । पानीले २९ जना श्रमिक प्रभावित भएको भएपनि आठ जनाको सकुशल उद्धार गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

श्रमिकहरुको उद्धार कार्य अझै जारी रहेको छ । उद्धारकर्मीहरुले खानीमा भएको पानी पम्पले निकालेर अक्सिजना भित्र पठाउने काम गरिरहेको छ । खानीमा हुने यस्ता दुर्घटनालाई चीनमा असामान्य घटनाका रुपमा लिइने गरिएको छैन ।

गएको वर्षको डिसेम्बरमा पनि एक खानीमा कार्बन मोनोक्साइड लिक भएको २३ श्रमिकहरुको मृत्यु भएको थियो । त्यसैगरी गएको जनवरी मै मात्र पनि १० श्रमिकहरुको खानीमा भएको विस्फोटका कारण मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);