काठमाडौं, २८ चैत । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भएका ३ हजार ५ सय ३२ पीसीआर परीक्षणमध्ये ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ ।
याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या १ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ३९ रहेकाे छ ।