काठमाडाैं, २८ चैत । ललितपर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १६.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग-यो । सुरुवाती ब्याटिङ गरेको सदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक अविजित ४४ रन बनाउँदा डोली भट्टले १४ र रेवती धामीले १० रन बनाउनु भएको छ ।
बलिङतर्फ एपीएफका रेखा रावल, करुणा भण्डारी, सुस्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले समान १÷१ विकेट लिनुभयो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाउँदा कप्तान सीता राना मगरले २७ रन बनाउनुभयो । विजेत एपीएफले ३ लाख र उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार हात पार्नेछन् ।