एजेन्सी, २८ चैत । भारतमा एक कोभिड अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।
भारतको महाराष्ट्र राज्यको नागपुरस्थित निजी कोभिड अस्पतालको आईसीयूमामा शुक्रबार बेलुकी आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।
आगलागी पश्चात् त्यहाँका २७ विरामीहरुलाई अरु अस्पतालमा सारिएको बताइएको छ । उनीहरुको स्वास्थ्य अवस्थाबारे भने केही बताउन नसकिने बताइएको छ ।
घटना प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । गएको महिना पनि भारतमा एक कोभिड अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको थियो ।