काठमाडौं, २८ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
अहिले प्रदेश नं १ लगायत देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




