पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका बाबु-छोरा बैतडीबाट सिफारिश | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

बैतडी, २६ असोज । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राप्रपाबाट बैतडीबाट सिफारिश भएका छन्। सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्द तथा उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिक तर्फका लागि सिफारिश गरिएको छ।

त्यस्तै सिफारिसमा नेता नरेन्द्रबहादुर चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिश गरिएको राप्रपाका जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिएका छन्। प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिश भएको छ।

क्षेत्र नं २ बाट समानुपातिकतर्फ चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिश गरिएको छ। दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारिश गरिने राप्रपा बैतडीले जनाएको छ।

ताजा समाचार