पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति,सपथग्रहण पनि आजै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति,सपथग्रहण पनि आजै

काठमाडौं, २७ चैत । संसद सदस्यता गुमेका चारजना मन्त्री टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको आज पुनर्नियुक्ति हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पे्रस सल्लाहकार सूर्य थापाका अनुसार चारै जनालाई आज पुनर्नियुक्ति र सपथग्रहण गराइने भएको छ ।

उनीहरुको सपथ ग्रहणको कार्यक्रम बेलुकी ५ बजे राष्ट्रपति निवास शितल निवासमा राखिएको थापाले जानकारी दिए । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ ।

माओवादी केन्द्रले गएको मंगलबार यी सांसदहरुलाई कारबाही गरी पदमुक्त गर्ने निर्णय गरेको पत्र संसद सचिवालयलाई पठाए पछि उनीहरु बिहीबारको प्रतिनिधिसभा बैठकबाट सांसद पदमुक्त भएका हुन् ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);