एजेन्सी, २३ चैत । जापानले अमेरिका अष्ट्रेलिया लगायतका मुलुकहरुसँग ओकिनावामै संयुक्त सैनिक अभ्यास गरेकोमा चीनले असन्तुष्टि जनाएको छ । असन्तुष्ट रहेको चीनले जापानको ओकिनावा क्षेत्रमा आफ्नो युद्धपोत विमान नै तैनाथ गरेको छ ।
जापानसँगको सीमा विवाद चलिरहँदा भएको शैन्य अभ्यासले यस्तो अवस्था आएको हो । पांचवटा लडाकु जहाज बोकेको लियाओनिंग लडाकु विमान वाहक युध्दपोत आईतबार जापानको ओकिनावा राज्य स्थित मियाके स्ट्रेट नजिक देखिएको हो । यो सँगै जापानले पनि आफ्ना नौसेना र वायुसेनालाई अलर्ट राखेको छ ।
चिन र जापानबिच यस क्षेत्रमा रहेका स–साना टापुहरुलाई लिएर विवाद चलिरहेको छ । चिनियाँ समुद्री रक्षक सेनाका जहाजहरु प्राय यो विवादित क्षेत्रमा देखिंदै आएका भएपनि जापानी सेनाको चेतावनीसँगै यिनीहरु फिर्ता हुने गरेका थिए ।
तर, यस पटक भने चिनियाँ युध्दपोत बाहक जहाजले जापानी सीमा क्षेत्रमै प्रवेश गरेको घटनालाई भने, युध्द विश्लेषकहरुले गम्भीर घटना बताइरहेका छन् । जापानले यहि क्षेत्रमा अमेरिका, फ्रांस, जर्मनी र अस्ट्रेलियासँगको संयुक्त युद्धअभ्यास सञ्चालन गरेकै कारण यतिबेला चिन जापानसँग चिढिएको विश्लेषण भैरहेको छ ।