काठमाडौं, २३ चैत । अब सरकार फेरिए पनि र चुनाव भए पनि अस्थिरता, भ्रष्टाचार र वैदेशिक हस्तक्षेप बढ्ने भएकाले राजसंस्था पुनस्थापित गर्नुपर्ने राप्रपाका सांसद् राजेन्द्र लिङदेनले दाबी गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद लिङदेनले भने– ‘जुन बाटो अवलम्बन गरे पनि अस्थिरता अन्त्य हुँदैन । त्यसैले राजसंस्था पुनस्थापित गर्नुपर्छ ।’ अहिलेको अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने उनको भनाई छ ।
उनले भने ‘यो सरकासँग मेरो धेरै कुरामा असहमति भएपनि राज्य बिखण्डन गर्छु भन्ने सिके राउत र विद्रोहको स्वर मच्चाउने विप्लवलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याएको म धन्यबाद दिन चाहान्छु ।’ ‘सिके र विप्लव मात्र नभएर राजसंस्थालाई पनि स्थान दिनुपर्छ’– राजेन्द्रले भने ।
अनेक लाञ्छना र अभियोगका बाबजुद पनि शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको तर्क छ । राजेन्द्रले प्रस्ताव राखे– ‘सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गरौं, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं । संसदलाई पूर्ण रुपमा समानुपातिक बनाउँ ।’
आइ.एन.ए