काठमाडाैं, २२ चैत । मौसममा आएको बदली र सार्वजनिक सुरक्षाका मापदण्ड अपनाउन हेलचेक्रयाई गरेका कारण भाइरल ज्वरोका बिरामी बढन थालेको विज्ञले बताएका छन् । केहिदिन अघिदेखी मौसममा आएको बदलीका कारण रुघा खोकी र ज्वरोका बिरामी बढिरहेका छन् ।
बालबालिका देखी बृद्घ अबस्थाका मानिसमा यस्तो समस्या बढ्दै गएको हो । मौसम परिवर्तन र कोरोनाको स्वरुप परिवर्तन हुँदा सर्वसाधारणहरुले सुरक्षाका मापदण्ड नअपनाउन हेलचेक्रयाई गरका कारण पनि बिरामीको संख्या बढेको भाइरोलोजिष्ट डा.बाबुराम मरासिनी बताउछन् ।
गर्मी मौसम शुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेका भए पनि आत्तिनुपर्ने अवस्था नभएको उनको भनाइ छ । यो रोग श्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाइमा ध्यान दिन उनले सुझाव दिए ।
पछिल्लो समय मौसम परिवर्तनको समय भएको र वातारवरण प्रदुषण पनि बढेकाले स्वास्थ्यको विशेष ख्याल राख्न चिकित्सकको सुझाव रहेको छ ।