म्यादी प्रहरी भर्नामा आवेदन दिनेको घुईँचो | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

सत्यराज घिमिरे
वीरगंज, २५ असोज । सरकारले आसन्न प्रतिनिधि सभा र विधान सभा निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना आह्वान गरेसँगै जिल्ला प्रहरी कार्यालय पर्सामा आवेदन दिनेको घुइँचो लागेको छ ।

सामान्य लेखपढ गर्न जान्ने र १८ देखी ५४ वर्ष सम्मकाले आवेदन दिन पाउने भएकाले घुइँचो बढेको प्रहरीले बताएको छ । म्यादी प्रहरीका लागि दिईने तलब भत्ताका कारण पनि यसमा आकर्षण बढेको पाईन्छ ।

यसअघि सम्पन्न स्थानिय तहको निर्वाचन प्रयोजनका लागि पर्सामा करीब ३ हजारको आवेदन परेकोमा १४९८ म्यादी प्रहरीलाई छनोट गरी भर्ना गरिएको थियो । यसपटक माग पनि बढि भएको हुँदा आवेदन दिनेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । म्यादीमा भर्नाको लागि कुनै शुल्क नलाग्ने भन्दै स्वभाविक प्रकृयामा भाग लिन पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले आग्रह गरेका छन् ।
यसअघि भर्ना गरीएको म्याद प्रहरी मध्य प्रदेश नम्बर दुईका म्यादी प्रहरीले भने निर्वाचन सरेका कारण खासै काम गर्नु परेको थिएन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);