विमानस्थल निर्माण आयोजना भन्छ, ‘निर्धारित समयमा काम सकिँदैन’ | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

काठमाडौँ, २५ असोज । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले कामै नगरेको खुलासा भएको छ ।

आयोजना प्रमुख ओम शर्माले चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजना निर्माणको कामलाई अघि बढाउन कठिन भएको बताएका हुन्।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै उनले आयोजना निर्माणको जिम्मेवारी पाएको ठेकेदार लगायतका परामर्शदाताले कामै नगरेको बताएका छन् ।

आयोजना प्रमुख शर्माले चिनियाँ ठेकेदार कम्पनीलाई भाषा बुझाउन कठिन भएका कारण पनि आयोजनाको काम अल्झिएको प्रष्ट पारेका छन् ।

उनले ठेकेदारले अहिलकै प्रवित्ति कायम राखे विमानस्थल निर्माणको काम तोकिएको समयभित्र नसकिने दाबी समेत गरेका छन् ।
राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न गर्न समितिले सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);