झापा, २० चैत । लागुऔषध ब्राउनसुगर सहित झापाबाट प्र्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारी बिहीबार राती साढे ८ बजे प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– १० का ३६ बर्षीय विनोद राजवंशी, २४ बर्षीय गोबिन्द राजबंशी र अर्जुनधारा नगरपालिका–६ का ४० बर्षीय लोकेन श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर ९ ग्राम ११० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।
साथै डिजिटल तराजु पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।