२४ घण्टामा थप १ सय ५२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

२४ घण्टामा थप १ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडौं, १९ चैत । पछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ४ हजार २ सय १३ पीसीआर परीक्षणमध्ये १ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार ३१ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);