काठमाडौं, १७ चैत । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । रावलको मंगलबार बिहान काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखि रक्त चापले ग्रसित रावललाई चार दिन अघि ब्रेन हेमब्रेज भएको थियो । रावललाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।