इजिप्टस्थित सुएज नहरमा फसेको विशाल कार्गो जहाज हट्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

इजिप्टस्थित सुएज नहरमा फसेको विशाल कार्गो जहाज हट्यो

एजेन्सी, १६ चैत । इजिप्टस्थित सुएज नहरमा फसेको विशाल कार्गो जहाज एभर ग्रीन ६ दिनपछि हटाइएको छ । गत मंगलबारदेखि सुएज नहरमा जहाज अड्किएको थियो । अरबौंको सामग्री बोकेको सो जहाजसहित अन्य जहाजहरु त्यहाँबाट बाहिर निस्कन सकेका थिएनन ।

हावाको वहावका कारण छड्किएपछि ४०० मिटर लामो र ५९ मिटर चौडा उक्त जहाजले जलमार्ग बन्द गरिदिएको थियो । सोमबार पानीजहाज कम्पनी इन्चकेपले उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जानकारी दिएको छ ।

एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र डोजरहरू प्रयोग गरिएको थियो । इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १ सय ९३ किलोमिटर लामो छ । सन् १८५९ देखि १८६९ मा निर्माण गरिएको त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ ।

एभर ग्रीन पानीजहाजका कारण उक्त जलमार्ग अवरुद्ध हुँदा अन्य जहाजहरू अफ्रिकातिरको मार्गमा मोडिएका थिए । धेरै दिनदेखि उक्त अवरोध हटाउन नसकिएकाले भार कम गर्ने प्रयासस्वरूप आइतबार एभर ग्रीनबाट २० हजार वटा कन्टेनर निकाल्ने प्रयास गरिएको थियो ।

Leave a Reply