काठमाडौं, १६ चैत । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला पुग्ने भएका छन् ।
आज हुन गईरहेको फाइनलमा नेपाल र बंगलादेश भिड्दै छन् । साँझ साढै पाँचबाट सुरु हुने भनिएको खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका अन्य शीर्ष नेताहरु पनि रंगशाला जाने बताइएको छ ।
ओलीसँगै सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि रंगशाला पुग्ने बताइएको हो । नेपाल, बंगलादेश र कीर्गिस्तानबीचको त्रिदेशीय फुटबल प्रतियोगिता गत चैत १० बाट सुरु भएको थियो ।