महाराष्ट्र राज्यमा मार्च २८ देखि रात्रिकालीन कर्फ्यू लगाइने | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

महाराष्ट्र राज्यमा मार्च २८ देखि रात्रिकालीन कर्फ्यू लगाइने

एजेन्सी, १४ चैत । भारतको महाराष्ट्र राज्यमा मार्च २८ देखि रात्रिकालीन कर्फ्यू लगाइएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले आइतबारदेखि रात्रिकालीन कर्फ्यूको घोषणा गरेका हुन् ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । भारतका दुई राज्यहरू महाराष्ट्र र गुजरातमा कोरोना संक्रमितको संख्या अन्य क्षेत्रको तुलनामा बढी रहेको छ ।

शुक्रबार मुम्बईमा ५५ सय ४ नयाँ कोरोना संक्रमित फेला परेका छन्। यो आँकडा महामारी सुरू भएयताकै उच्च हो । यता स्वास्थ्य अधिकारीहरुले एकै दिनमा १० हजार कोरोना संक्रमित फेला पर्ने चेतावनीसमेत दिएका छन् ।

त्यसैले सबै नागरिकहरुलाई सचेत र आवश्यक सावधानी अपनाउन अपिल गरिएको छ । यो सँगै निषेधाज्ञा र कर्फ्यू घोषणा हुने क्रम जारी छ ।

Leave a Reply