काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।
मस्तिष्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतानमा भर्ना भएका जोशीको शुक्रबार राति साढे ८ बजे निधन भएको हो ।
गत फागुन १४ गते मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।