आज दिनभरको मौसम पूर्वानुमान कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

आज दिनभरको मौसम पूर्वानुमान कस्तो ?

काठमाडौं, १३ चैत। आज देशभरको मौसम आंशिक बदली रही सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ ।

हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं. १ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);