तिहारका लागि माला गास्ने चटारोमा किसान | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

काठमाडौँ, २४ असोज । तिहार नजिकिएसँगै भक्तपुरका कृषकलाई मखमली फूलको माला गाँस्न भ्याइ नभ्याइ भएको छ।

भक्तपुरका कृषक यतीबेला तिहारको लागि लक्षित गरी लगाइएको मखमली फूल टिप्न र माला बनाउन व्यस्त छन् । बेलैमा माला गाँस्न सके तिहारको समयमा विक्रि गर्न सहज हुने उनीहरुको भनाइ छ ।

उनीहरुले बिहानको समयमा फूल टिप्ने र दिउँसोको समयमा माला गाँस्ने गरेका छन् । यहाँका कृषकले फूलको व्यापारबाटै प्रतिपरिवार कम्तीमा ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

भक्तपुरको गुण्डु, सिपाडोल, बालकोट, ताथली, नंखेल, दुवाकोट, झौखेल, सुडाल, लगायतका क्षेत्रका कृषकहरुले व्यवसायीक रुपमा फूल खेती गर्दै आएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);