पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको सरकारको घोषणा

काठमाडाैं, १२ चैत । सरकारले पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयले राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको जनाएको छ । प्रत्येक नेपालीलाई प्रतिवर्ष आवश्यक पर्ने ४८ वटा अण्डामध्ये नेपालको उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको छ ।

मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो आवश्यक पर्नेमा नेपालको उत्पादन १८ किलोसम्म रहेको छ । त्यस्तै माछा प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो आवश्यक पर्नेमा नेपालमा ३५ किलो उत्पादन भएको छ । यस्तै दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा नेपालमा ७९ लिटरमात्र उपलब्ध रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);