विश्वकप फुटबलको पहिलो छनौटमा वेल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

विश्वकप फुटबलको पहिलो छनौटमा वेल्स पराजित

एजेन्सी, १२ चैत। विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमले विश्वकप फुटबल २०२२ को छनौट चरणको खेलमा सहज जित निकालेको छ ।

युरोपेली क्षेत्रको छनौट चरण अन्तर्गत बुधबार राति भएको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा भएको खेलमा बेल्जिमयका लागि २२ औँ मिनेटमा केविन डी ब्रूयना, २८ औँ मिनेटमा थोर्गन हजार्ड र ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा रामेलु लुकाकुले गोल गरे ।

वेल्सका लागि १० औँ मिनेटमा ह्यारी विल्सनले गोल गरि सुरुवाति अग्रता दिलाएका थिए । विल्सनको गोलबाट लिएको अग्रता वेल्सले जोगाउन सकेन र हार स्वीकार गर्न बाध्य भयो ।

समूह ई अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा चेक गणतन्त्रले इस्टोनियालार्य ६–२ ले पराजित गरेको छ ।

यसैबिच समूह जी अन्तर्गतको खेलमा टर्कीले नेदरल्याण्डसलाई ४–२, मोन्टेनेग्रोले लात्भियालाई २–१ तथा नर्वेले जिब्रालटारलाई ३–० ले पराजित गरेका छन् ।

यसैगरि समूह एच अन्तर्गत भएको खेलमा रुसले माल्टालाई ३–१ तथा स्लोभेनियाले क्रोएसियालाई १–० ले पराजित गर्दा स्लोभाकिया र साइप्रसले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply