काठमाण्डौँ, २४ असोज । बाम गठबन्धन बनाएको एमालेले निर्वाचन सारिए लोकतन्त्रनै खतरामा पर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले सरकारले आगामी मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको आरोप लगाएको हो ।
बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु आचारसंहिता र कानून विपरितको काम भएको बताउँदै निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा भएको बताए । उनले चुनावको मिति तलमाथि पार्ने कार्य नगर्न सरकारलाई सुझाए ।
बैठकले वाम गठबन्धन बनाउँदा भएको सहमतिअनुसार छिट्टै प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँड गर्ने निर्णय गरेको छ । असोज २७ र २८ गते बस्ने स्थायी समिति बैठकले एमालेका सबै समानुपातिकका उम्मेदवारको नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने निर्णय पनि बैठकले गरेको छ ।




