पोखरा , ११ चैत्र। अवैध सम्बन्धबाट जन्मेको बच्चालाई दराजमा लुकाएर राखेको आरोपमा पोखरामा एक युवती पक्राउ परेकी छन् । बच्चा भने दराजमा लुगामा गुटुमुटाएर लुकाएको अवस्थामा मृत भेटिएका थिए ।
सिन्धुपाल्चोककी २३ वर्षीया अस्मिता घलेलाई पोखरा महानगरपालिका वार्ड नं – १ , अधिकारी टोलबाट नियन्त्रणमा लिइएको थियो । उनी ७ महिना अघिदेखि पोखरामा बस्दै आएको बारे कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
शिशुको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पठाइएको छ । डिएसपी हमालले पोष्टमार्टम रिपोर्टपछि नै बच्चा मृत जन्मेको वा जन्माएर मारेकोबारे थाहा हुने जानकारी दिनुभयको छ ।