अमेरिकामा फेरि अन्धाधुन्ध गोली प्रहार, एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

अमेरिकामा फेरि अन्धाधुन्ध गोली प्रहार, एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु

एजेन्सी, १० चैत। अमेरिकाको कोलोराडोमा स्थानीय सुपरमार्केटमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको छ ।

बोउल्डरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीले ज्यान गुमाउनेको संख्या सार्वजनिक नगरे पनि उक्त घटनामा एक प्रहरी अधिकारीकोसमेत मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

घटना पश्चात प्रहरीले बन्दुकधारीलाई पक्राउ गरिएको बताएको छ ।

आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनास्थल डेन्वरबाट ४५ किलोमिटर उत्तर पश्चिममा पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);