काठमाडौं, ५ चैत। सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विभिन्न वैकल्पिक बाटो खोजेको छ ।
बंगलादेशसँग जीटुजी, चीनसँग ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग, भारतसँग ग्लोबल टेन्डर र जीटुजीसहित अन्य मुलुकसँग ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएको छ ।
यसले वर्षेनी देखिने मलको समस्या समाधान हुने संकेत मिलेको छ ।