काठमाडौँ, २३ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कुनै दलसँग गठबन्धन र एकता नगरी एक्लै चुनावी मैदानमा उत्रिने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्दा पनि प्रमुख उपप्रमुखको तलबसम्म तोक्न र जिल्ला तहमा पूर्ण अधिकार दिन नसकेको सरकारको कम्जोरी समेत औँल्याएका छन् ।