आजपनि वर्षाको सम्भावना कायमै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आजपनि वर्षाको सम्भावना कायमै

weather

काठमाडौं, ३ चैत। जल तथा मौसम पूर्वानूमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागहरुमा मौसममा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । साथै मंगलबार राति पनि पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव अझै रहेको छ।

पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ् हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);