सुनसरी, २ चैन । खानेपानीको मुहान क्षेत्र दुषित बन्नेक्रम बढेसँगै सुनसरीको धरान उपमहानगरपालिका–वडा नं ६ पानबारीबासीले मुहान क्षेत्रको सरसफाई अभियान संचालन गरेका छन् ।
सेहरा खोला नजिकै मानिसहरुले दैनिक प्रयोजन तथा वनभोज स्थलको रुपमा प्रयोग गर्दा मुहान क्षेत्र दुषित बनेकाले स्थानीय सफाई अभियानमा जुटेका हुन् ।