प्राकृतिक हिसाबले पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने मुख्यमन्त्री राईको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

प्राकृतिक हिसाबले पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने मुख्यमन्त्री राईको भनाई

सुनसरी, २९ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक हिसाबले पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

शनिबार सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पहिले काठमाडौ, चितवन, पोखरालाई मात्र पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार गरिएका कारण अन्य क्षेत्रहरु ओझेलमा पर्दै आएकोमा अहिले अन्य क्षेत्रमा समेत पर्यटकीय गतिविधिहरु हुन थालेको बताए ।

मुख्यमन्त्री राईले १ सय २५ जातिका मानिसहरुको बसोबास रहेको नेपाल प्राकृतिक सुन्दरताले मात्र नभएर जातिय विधिधताले पनि पर्यटकीय क्षेत्र रहेको बताए ।

एक दिने फुड एण्ड बेभरेज मेला पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको मेलाका संयोजक तथा प्रिमियर कलेज इटहरीका सञ्चालक सुनिल भुसालले जानकारी दिए । कार्यक्रम राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

Leave a Reply